'गम्भीर बिरामीलाई प्राथमिकता दिएर अस्पतालमा शय्या दिऔँ'

 भदौ ८, २०७७ सोमबार २०:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै लगायत तराईका जिल्लामा कोरोना भाइरसकाे सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले बिरामीलाई वर्गीकरण गरेर मात्रै अस्पतालमा शय्या दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

गम्भीर बिरामीले अस्पतालमा शय्या नपाउने र सामान्य अवस्थाका बिरामीले शय्या ओगट्ने गरेको पाइएकाले अब लक्षण नभएका बिरामीलाई आइसाेलेशनमा राख्ने र गम्भीर बिरामीलाई मात्रै अस्पतालको शय्यामा राख्ने निर्णय गरको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

बिरामी भर्नामा मन्त्रालयको कुनै अवरोध नभए पनि गम्भीर बिरामीलाई अस्पतालमा शय्या दिन र सामान्य बिरामी होम आइसोलेशनमा बस्न उहाँको आग्रह छ ।

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा दुई सय २४ सहित देशैभर सात सय ४३ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेनाका सङ्क्रमितकाे कुल सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया