उपत्यकामा भदाै १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द, 'निषेधाज्ञाकाे अवधि पनि थपाैँ'

 भदौ ८, २०७७ सोमबार १८:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यका नगरपालिका मेयर फोरमले पालिकाले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यका मेयर फोरमको काठमाण्डौमा बसेको बैठकले उपत्यकामा कोभिड–१९ सङ्क्रमणको अवस्था अझै कम नभएकाेले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । 

उपत्यकाभित्र काेराेना भाइरस सङ्क्रमणको दर अझै पनि कम नभएकाेले अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । यस बाहेक कोभिड–१९ सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परीक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गतको ‘केस इन्भेस्टिकेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ’ (सीआईसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

उपत्यकाभित्र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसको पीसीआर परीक्षण गर्न आवश्यक रहेको काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

अहिले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण नभएकाेले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसको एक पटक पीसीआर परीक्षण गर्ने निर्णय गरिएको बताउनुभयो । 

काठमाण्डौ उपत्यकामा अहिले सङ्क्रमणको दर बढ्दै गएको छ । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर सङ्क्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया