रुपन्देहीमा काेराेना सङ्क्रमित पुरुषकाे ज्यान गयाे

 भदौ ९, २०७७ मंगलबार १४:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – गैडहवा गाउँपालिका ३ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । 

बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते हुनुभएका उहाँको साेमबार राति भैरहवामा रहेको भीम अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । 

टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनुभयो । 

कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया