'स्वास्थ्यकर्मीको मनोबल घट्ने काम नगराैँ, दुर्व्यवहार गर्दा काेराेना फैलिने जाेखिम धेरै हुन्छ'

 भदौ ९, २०७७ मंगलबार १९:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले विभिन्न ठाउँमा भएका दुर्व्यवहारले स्वास्थ्यकर्मीको मनोबल घट्ने भएकाले त्यसो नगर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष डाक्टर लोचन कार्कीले स्वास्थ्यकर्मी आफ्नाे जीवनलाई दाउमा राखेर परिवारको समेत ख्याल नगरि कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहेका बेला उत्साह थप्नुको साटाे दुर्व्यवहार गरेको भन्दै यसबाट भाइरसविरुद्धको लडाइँ नै प्रभावित हुने बताउनुभयो । उहाँले अहिले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पनि भोलि सङ्क्रमित हुने भन्दै त्यसबेला उपचारका लागि स्वास्थ्यकर्मीकै खाँचो पर्ने बताउनुभयो ।

यो रोगले जात, धर्म, धनी, गरिब केही नछुट्याउने भएकोले सबै सचेत हुनुपर्ने डाक्टर कार्कीकाे भनाइ छ । सङ्क्रमित तथा सम्भावित सङ्क्रमितमाथि दुर्व्यवहार गर्दा सङ्क्रमितले परिचय लुकाएर यो रोग नियन्त्रणमा झनै कठिन हुने भन्दै डाक्टर कार्कीले यो रोग लाग्नुलाई सामान्य रुपमा लिन आग्रह गर्नुभयो ।

कोरोना लाग्नु अपराध गर्नु नभएको र आफूले स्वास्थ्य सुरक्षाका उपाय अपनाएमा यो रोग नसर्ने भएकोले आफ्नो सुरक्षाका लागि सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । यो रोगलाई बढाउने वा घटाउने भन्ने कुरा आम नागरिकको व्यवहारमा भर पर्ने भएकोले आपसी दुर्व्यवहारका साथै अरुलाई दोष लगाउने काम बन्द गर्न उहाँले अपिल गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया