काठमाण्डौ उपत्यकामा थपिए ३०१ सङ्क्रमित

 भदौ १०, २०७७ बुधबार १६:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका तीन जिल्लामा एकैदिन तीन सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा दुई सय ३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशैभर आठ सय ८५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । 

साथै गएको २४ घण्टामा ११ कोरोनाका सङ्क्रमितको ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्तरीका तीन, बारा र कैलालीका दुई, मोरङ, भक्तपुर, बाँके र काठमाण्डौमा एक जनाको ज्यान गएको हो । 

अब नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको छ । 

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । 

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो । 


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया