कांग्रेस नेताले भने, ‘निषेधाज्ञा ताेड्ने अभियान सुरु भयाे’

 भदौ १०, २०७७ बुधबार १८:४:११ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । 

हेटौँडा उपमहानगरपालिका ७ काे चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्मती प्रदेशकाे प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताउनुभयाे । 

‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन । यसरी लकडाउनको नाम लिएर बसिरह्यो भने आर्थिक मन्दीले जनस्तर समस्यामा पर्ने छ’, उहाँले भन्नुभयाे । 

हेटौँडामा कोरोना सङ्क्रमणदर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर कांग्रेसले बुधबार गरेको कार्यक्रममा एक सय ७१ जना पार्टी प्रवेश गरेको दाबी गरेकाे छ । निषेधाज्ञाले जनताको जनजीवन अस्तव्यस्त बनाएको भन्दै यसको विकल्प खोज्न आवश्यक रहेको नेता बानियाँले बताउनुभयाे । 

‘काम गर्ने जनतालाई घरमा थुनिएर बस भन्नुले सरकारको कमजोरीपन स्पष्ट देखाएको छ’, उहाँले भन्नुभयाे । सरकारले निषेधाज्ञालाई मात्रै निरन्तरता दिनेभन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरी उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँले बताउनुभयाे । 

प्रदेशका क्वरेण्टीन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशीघ्र सुधार गर्नुपर्ने उहाँकाे भनाइ छ । साथै उहाँले कोरोना परीक्षणको रिपोर्टमा पनि ढिलाइ गर्न नहुने बताउनुभयाे । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया