बाँकेमा काेराेना सङ्क्रमित वृद्धाकाे ज्यान गयाे

 भदौ ११, २०७७ बिहिबार १५:१२:३० | रासस
unn.prixa.net

बाँके – बाँकेमा कोरोना भाइरसकाे सङ्क्रमणबाट बिहीबार थप एक ७० वर्षीया वृद्धाको ज्यान गएकाे छ । 

दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका ७ की वृद्धकाे बिहीबार बिहान १०ः३० बजे ज्यान गएकाे स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि गएकाे भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । 

कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दा पनि बिरामीको अवस्थामा सुधार नआएपछि बिहीबार बिहान ज्यान गएकाे बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले ज्यान गुमाएकी वृद्धकाे घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे छ । 

यसअघि नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय युवक, वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला, नेपालगञ्ज ५ का ६२ वर्षीय पुरुष र नेपालगञ्ज १ का ३७ वर्षीय युवकको कोरोनाबाट ज्यान गइसकेकाे छ ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया