एकैदिन १ हजार १११ जनामा काेराेना सङ्क्रमण

 भदौ ११, २०७७ बिहिबार १६:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार ७३ पुगेको छ ।

अब नेपालमा १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • MD masum alam

    Aug. 28, 2020, 12:16 a.m.

    WHO को लोगोमा हेर्नुस्, एउटा लट्ठीमा साँप बेरिएको छ । जो विश्वभर हावी छ । यो साँप त्यही शैतान (Devil) साँपको प्रतिक हो, जसले इभ र आदमलाई स्याउ खान उक्साएको थियो । लट्ठी चैं त्यही स्याउको रुखको प्रतिक हो, जुन रुखमा त्यो शैतान बेरिएको थियो । शैतान धर्म मान्ने अर्थात लुसिफरियनहरु त्यही साँपलाई बढी मान्छन्, न की जिजस क्राइस्टलाई । लुसिफरियनहरु Antychrist हुन्, यिनिहरु जस्तो अपराधीहरु संसारमा कोही छैन । Covid-19 भाइरस पनि यिनिहरुले मच्चाएको अर्को आतंकको नाम हो । नत्र कोरोनाका बिरामी हस्पिटल जाने जती मर्छन्, होम आइशोलेशनमा बस्ने चैं धमाधम किन जाती हुन्छन् ?

  •  0 Reply

तपाईको प्रतिक्रिया