मलेसियाबाट एकै दिन ल्याइयो १६ नेपालीको शव

 भदौ १२, २०७७ शुक्रबार १७:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट आज एकै दिन १६ जना नेपालीको शव ल्याइएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएकामध्ये १६ वटा शव आज ल्याइएको हो । मलेसियाबाट घर फर्कने नेपाली लिन गएको नेपाल एअरलान्सको चार्टर्ड जहाजले २ सय ६२ जना यात्रु र १६ वटा शव ल्याएको हो ।

यस्तै आजै मलेसियाबाट हिमालय एअरलाइन्सको चार्टर्ड जहाजबाट १५६ जना नेपाली पनि स्वदेश आइपुगेका छन् । कतार एअरवेजमार्फत दोहाबाट आज नै ७२ जना नेपाली स्वदेश आएका र १२७ जना यात्रु लिएर कतार एअरवेज फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार, भोलि शनिबार नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।

भोलि सिल्क एअर सिङ्गापुरबाट नेपाली लिएर आउनेछ भने जजिरा एअर कुवेतबाट आउँदै छ । हिमालय एअरलाइन्सको दुई जहाज मलेसियाको क्वालालाम्पुर र कुनमिङ् जाने र नेपाल एअरलाइन्सको एउटा जहाज पनि नेपाली लिन भोलि मलेसियाको क्वालालाम्पुर जाने तालिका रहेको छ ।

भोलि नै नेपाल एअरलाइन्सले कुवेत गएर त्यहाँ समस्यामा रहेका नेपालीहरु लिएर आउँदैछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया