अब सबै पालिकामा कम्तीमा ५ शय्याकाे अस्पताल, ३ अस्पताल काेभिड अस्पतालमा सूचीकृत

 भदौ १२, २०७७ शुक्रबार १९:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण र ज्यान गुमाउनेकाे दर बढ्दै गएपछि सरकारले सङ्घ, प्रदेश र पालिकामा गरी ६ हजारभन्दा बढी शय्या थप गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार दुई सय दुई वटा शय्या थप भएका छन् । केन्द्रीय अस्पतालमा एक हजार, प्रादेशिक अस्पतालमा एक हजार नाै सय ५७ शय्या थप भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

यस्तै विभिन्न ६ सय ४९ पालिकामा तीन हजार दुई सय ४५ वटा शय्या थप भएका छन् । अस्पताल नभएका प्रत्येक पालिकामा पाँच वटा बेड थप भएका हुन् । हरेक अस्पतालमा जनशक्तिसहित शय्या थप गरिएकाे हाे । 

यस्तै गरी सरकारले थप तीन वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाण्डाैकाे कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । 

यस्तै नेपालमा अहिलेसम्म २० जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमण भएर निको भएका ४२ जनाले प्लाज्माका लागि रगत दान गरेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया