बिचौलियाबाट मुक्ति दिन हेटौंडामा कृषि बजार बन्ने

 भदौ १४, २०७७ आइतबार १७:५८:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिचौलियाबाट किसानलाई उन्मुक्ति दिनका लागि कृषि थोक बजार निर्माण गर्न लागिएको बताउनुभएको छ ।

हेटौंडा ११ थानाभञ्ज्याङमा कृषि थोक बजार निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले किसानको सिधा सम्पर्क बजारको रुपमा विकास गरिने बताउनुभयो । यो काम प्रदेश र स्थानीय तहकै महत्त्वपूर्ण योजनाको रुपमा रहेको पनि उहाँले बताउनुभयो ।

अहिलेको अवस्थामा उत्पादनमा जोड दिने तर बजारको व्यवस्था नगर्ने अवस्था रहेको उहाँकाे भनाइ छ ।

‘यो कृषि थोक बजार निर्माण भएपछि धेरै खालका समस्या समाधान हुनेछन् र धेरैले राेजगारी पाउनेछन्’, उहाँले भन्नुभयाे, 'यसको निर्माणको काम निर्धारित समयमा सक्नुपर्छ, किसानको सिधा सम्पर्कको बजारको रुपमा विकास गरिनुपर्छ, यो अत्यन्तै आधुनिक बजार हो ।’

यसको लागि पैसाको अभाव हुन नदिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले यो सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यही भदौ अन्तिम हप्तामा टेण्डर निकाल्ने तयारी रहेको पनि जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • प्रमोद तिवारी

    Aug. 30, 2020, 6:23 p.m.

    के हो यसको मोडालिटी ? मेरो दृस्ठिकोण त के हो भने बिचौलियाको दर्ता गरेर कानुनी दायरामा ल्याइ नियमन गरिनु पर्दछ । नत्र यसको सफलता देखिंदैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया