सप्तरीमा फेरि थपियाे निषेधाज्ञा

 भदौ १५, २०७७ सोमबार २१:२:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञाको समय फेरि एक हप्ता थप गरेको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा साेमबार राति १२ बजे सकिँदै छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि जिप्रका सप्तरीले पहिलो पटक गएकाे साउन ८ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको थियो । 

त्यसपछि तेस्राे चरणमा भदौ २ देखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा तीन घण्टा लामो छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो । यस अवधिमा अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म खोल्न दिइनेछ ।

बैठकले सप्तरीको राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तीन वटै पालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । 

केही पालिकाकाे हकमा भने भिडभाड नगरि सामाजिक दुरी कायम गर्दै अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको बैठकमा सहभागी नेकपा प्रदेश २ का सदस्य सुखराम यादवले जानकारी दिनुभयो । 

सप्तरीमा काेराेना सङ्क्रमितकाे सङ्ख्या आठ सय ६ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया