एकैदिन १११२ जना डिस्चार्ज

 भदौ १७, २०७७ बुधबार १७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना भाइरसको सङ्क्रमण निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म २३ हजार दुई सय ९० जना कोरोनामुक्त भएका छन् । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सङ्ख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो । 
मन्त्रालयका अनुसार प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् । 

त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् । 
सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू) मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । 
त्यस्तै सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया