चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाकाे ज्यान गयाे

 भदौ १८, २०७७ बिहिबार ८:१३:४४ | रासस
unn.prixa.net

चितवन - चितवन मेडिकल कलेजमा उपचारत एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएकाे छ । ज्यान जानेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै चितवनमा काेराेनाका कारण ज्यान जानेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी सुस्ता पूर्वका १/१ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया