२४ घण्टामा १२२८ जनामा काेराेना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

 भदौ १८, २०७७ बिहिबार १६:२३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार चार सय १३ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।  यस्तै गएको २४ घण्टामा नाै सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । याे ५६ प्रतिशत हाे । 

अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया