'एसएमएस' काे पालना गरे काेराेना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

 भदौ १९, २०७७ शुक्रबार १७:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले 'एसएमएस' को पूर्ण पालना गरे कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सक्ने जनाएको छ ।

'एस' अर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

यस्तै 'एम' अर्थात् मास्क, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए कोरोनाको जोखिम धेरै कम हुन्छ । त्यसैगरी 'एस' अर्थात् सरसफाइ, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धाेए वा साबुन पानी नभए स्यानिटाइजरमार्फत हात सफा गरे कोरोना भाइरस सङ्क्रमण हुन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले सरकारले हरेक दिन आग्रह गर्दै आएको शब्द 'एसएमएस' लाई  पूर्ण पालना गरे कोरोनाको सङ्क्रमणलाई रोक्न सकिने दाबी गर्नुभयो ।

यस्तै उहाँले केही सञ्चारमाध्यममा मास्क र स्यानिटाइजरको प्रयाेगले कोरोना रोकथाममा काम नगर्ने जस्ता भ्रामक समाचार र अन्तर्वार्ता आएको भन्दै यसको विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले सत्य/तथ्य जानकारी लिन सरकारले दिएका निर्देशन र सूचना वा पैसा नलाग्ने नम्बर ११५५ मा फोन गर्न पनि आग्रह गर्नुभयो ।

प्रवक्ता गाैतमले अहिलेको अप्ठ्याराे परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । मेला, चाडपर्व, भेला फेरि–फेरि पनि आउने तर सानो हेलचेक्रयाइँले आफन्तको ज्यानसमेत जाने हुँदा त्यसाे नगर्न उहाँको आग्रह छ । 

साथै उहाँले मोबाइल एप्लिकेसन covid np (काेभिड एनपी) डाउनलोड गर्न पनि आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया