प्रमुख प्रशासकीय अधिकृत नहुँदा छिन्नमस्ता गाउँपालिकाको कामकाज प्रभावित

 भदौ २१, २०७७ आइतबार १५:२८:४१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – गएको दुई महिनादेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक अति आवश्यक कामकाज प्रभावित हुँदै गएकाे छ । 

गएको असार ३१ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा कार्यालयमा उपस्थित नहुँदा हजारौं सेवाग्राहीहरुको कामकाज प्रभावित भएको जनगुनासो बढ्दै गएको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा व्यवसाय दर्ता ,क्यान्सर पीडितको सिफारिस लगायतका अति आवश्यक कामकाज प्रभावित भइरहेको स्थानीय तथा नेकपाका नेता बिनोद यादवले बताउनुभयो । 

त्यस्तै गाउँपालिकामा अझैसम्म गाउँ सभा समेत हुन नसकेको स्थानीयबासीको गुनासो छ । यसैबीच विगतमा गरिएको निर्णयहरु कार्यान्वयन नभएको भन्दै नेकपा संघर्ष समितिले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाउने निर्णय गरे पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सो कार्य प्रभावित भएको संघर्ष समितिका सदस्य जयप्रकाश यादवले गुनासो गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया