‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

 भदौ २१, २०७७ आइतबार १७:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । 'मलाई केही हुन्न, म तन्दुरुस्त छु' भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

उहाँले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने बताउनुभयो । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्न डाक्टर गौतमको सुझाव छ ।

कोरोना भाइरसको सङ्क्रमणबारे भ्रममा बस्नु भन्दा वा भ्रम छर्नु भन्दा कोरोना भाइरसको सङ्क्रमण भइ निको भएका व्यक्तिहरुको अनुभव र भोगाइ सुन्न उहाँको आग्रह छ । कोरोनाको सङ्क्रमणपछि सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्नसमेत नसकिने हुँदा सङ्क्रमण रोकथाममा गम्भीर बन्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जोड दिनुभयो ।

यस्तै उहाँले सरकारले सीमित स्रोत साधनमा कोरोनाको निःशुल्क पीसीआर परीक्षण गरिरहेको बताउनुभयो । कोरोनालाई केही होइन भन्दै भ्रम छर्ने काम गरे कानुनअनुसार कारबाही हुने पनि उहाँले बताउनुभयो ।

यसै सम्बन्धमा एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर गाेविन्द गाैतमले काेराेना भाइरसकाे सङ्क्रमण कुनै पनि बेला हुन सक्ने र आइसाेलेशनकाे तयारी गरी राख्न सुझाव दिनुभएकाे छ । 'म भर्खरको ठिटी हो वा ठिटो हो, मलाई के हुन्छ र भन्नु हुँदैन । केही रोग नभएका युवाबाट पनि अरु जोखिम भएकाहरुलाई सङ्क्रमण सार्ने सम्भावना भएकाले सावधानी अपनाउनुपर्छ । अरु विभिन्न रोग लागेका व्यक्तिलाई त झन् हामीले रोग सार्नु हुँदैन', उहाँले भन्नुभएकाे छ ।

 याे पनि पढ्नुहाेस्

 

 पछिल्लाे २४ घण्टामा नेपालमा नाै सय ८० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरस सङ्क्रमितकाे कुल सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया