डा. केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु

 भदौ २९, २०७७ सोमबार १५:५८:२९ | नेत्र शाही
unn.prixa.net

जुम्लामा १९ औँ सत्याग्रह सुरु गर्दै डा. केसी, तस्बिर : नेत्र शाही

जुम्ला – डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गर्नुभएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने मागसहित केसीले सत्याग्रह सुरु गर्नुभएको हो ।  

उहाँले यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनसमेत माग गर्नुभएको छ । 

उहाँले १६ औँ सत्याग्रह पनि जुम्लाबाट सुरु गर्नुभएको थियो । यसअघि विभिन्न समयमा सत्याग्रह सुरु गर्ने भन्दै केसीले जुम्लामा तयारी गरिरहनुभएको थियो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया