काेराेना पुष्टि भए बीमाकाे २५ हजार मात्रै पाइने, बाँकी बिल भर्पाइकाे आधारमा

 भदौ २९, २०७७ सोमबार १९:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गर्दै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि २५ हजार रुपैयाँमात्र दिने व्यवस्था गरेको छ ।

यसअघि एक लाख बराबरको बीमा गरेका व्यक्ति कोरोना सङ्क्रमण भएमा एक लाख भुक्तानी दिँदै आएको समितिले अब पुष्टि भएपछि २५ हजार र बाँकी ७५ हजार आइसोलेशन तथा उपचारको बिल भर्पाइकाे आधारमा दिने भएको हो ।

आइतबारदेखि नयाँ व्यवस्था लागू भएकोले आइतबारसम्म बीमा गर्नेहरुले भने सङ्क्रमण पुष्टि हुनासाथ एक लाख रुपैयाँ पाउने छन् । यस्तै समितिले गएको १९ गते निजी प्रयोगशालामा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । यसको विरोध भएपछि समितिले निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको छ । 

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया