भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५० लाख नाघ्याे, ७८ प्रतिशत निकाे

 भदौ ३१, २०७७ बुधबार १३:५१:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकापछि सबैभन्दा धेरै छ । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमा सङ्क्रमण बढिरहे पनि ज्यान गुमाउनेको दर विश्वका धेरै देशको तुलनामा कम छ । 

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाखभन्दा धेरै निको भइसकेका छन् भने नौ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा अहिले काेराेनामुक्त हुने दर ७८ दशमलव ४२ प्रतिशत छ भने ज्यान गुमाउने दर १ दशमलव ६३ प्रतिशत रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

भारतमा अर्थ व्यवस्था सुदृढ गर्न प्रतिबन्ध खुकुलो बनाउँदै जाँदा केही हप्तायता सङ्क्रमण बढिरहेको छ । पछिल्लो केही हप्तायता दैनिक ८० हजारदेखि ९० हजार जनासम्म सङ्क्रमित थपिइरहेका छन् । 

भारतमा जिमखाना खुल्ने क्रममा छ भने स्कुल, क्याम्पस र सिनेमा हल बन्द नै छन् । 

विश्वभर अहिलेसम्म दुई करोड ९७ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमतिमध्ये दुई करोड १५ लाख ४६ हजारभन्दा धेरै निको हुँदा नौ लाख ३९ हजारभन्दा धेरैको ज्यान गएको छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया