कोरोनाका कारण मलेसियामा ७ सय नेपाली कामबाट निकालिए, ५ हजारले न्युनतम तलब पाएनन्

 असोज २, २०७७ शुक्रबार १६:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी फैलिएको कोरोनाको असरका कारण मलेसियामा रहेका ७ सय नेपाली श्रमिकहरु कामबाट निकालिएका छन् ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार यो पाँच महिनाको अवधिमा मलेसियामा ७ सय नेपाली कामबाट निकालिएका छन् भने झण्डै पाँचहजार जनाले न्युनतम तलब पनि पाएका छैनन् । दुई हजार नेपाली श्रमिकले भने न्यून तलब पाएका छन् ।

यस्तै मलेसियामा १० हजार नेपाली श्रमिकको भिसाको म्याद सकिएको छ । विभिन्न कारण त्यहाँ समस्यामा परेका १९ हजार नेपाली स्वदेश फर्किने पर्खाइमा भए पनि अहिलेसम्म ३ हजार पाँचसय जना मात्र फर्किएको पीएनसीसीले जनाएको छ ।

मलेसियामा रहेको नेपली दूतावासको तथ्याँंक अनुसार मलेसियामा तीन लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये २५ हजार नेपाली विभिन्न कारणले अवैधानिक भएको पीएनसीसीले जनाएको छ । मलेसियामा धेरै नेपाली म्यानुफ्याक्चरिङमा क्षेत्रमा कार्यरत छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया