होम आइसोलेशनमा बस्न हिँडेका युवकको दुर्घटनामा ज्यान गयो

 असोज ३, २०७७ शनिबार १८:४३:३३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा बस्न जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएर एक जनाको ज्यान गएको छ ।

बकैया गाउँपालिकामा सब–इन्जिनियरको रुपमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बस्न मोटरसाइकल चढेर जाँदै गर्दा बसको ठक्करबाट ज्यान गएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।

एम्बुलेन्सको व्यवस्था गर्न खोज्दा एक्लै अरुलाई नछोइ घरमा पुगेर आइसोलेशनमा बस्छु भन्दै घर हिँडेका उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया