रक्सी खानेहरुबाट काेराेना सर्ने सम्भावना किन बढी हुन्छ ?

 असोज ४, २०७७ आइतबार १७:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसकाे सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् ।

जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताउनुभयो ।

यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उहाँले बताउनुभयाे । साथै डा. पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गर्नुभयो ।

अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै उहाँले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनुरोध गर्नुभयो ।

जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि पनि यस्ता बानी त्याग्न डाक्टरहरुको आग्रह छ ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu प्रसाद ढकाल

    Sept. 20, 2020, 7:53 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया