डा. गोविन्द केसी आईसीयूमा भर्ना, 'स्वास्थ्य जाँच गर्न मान्नु भएन'

 असोज ४, २०७७ आइतबार १९:१०:६ | नेत्र शाही
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट अस्पताल पुर्‍याइएका डाक्टर गोविन्द केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएकाे छैन । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा. केसीले जाँच गर्न नमानेको उपचारमा खटिएका डाक्टरकाे टोलीले निकालेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

उपचारमा खटिनुभएका विशेषज्ञ डाक्टर प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल समाल र नर्स सविना थापाको हस्ताक्षरित प्रतिवेदनमा डाक्टर केसीले अस्पताल आएपछि कुनै पनि खालको जाँच गर्न नमानेको बताइएको छ ।

उहाँलाई असोज ३ गते राति १० बजेर ४५ मिनेटमा अस्पतालमा ल्याइएको प्रतिवेदनमा जानकारी गरिएको छ  । जाँच नै गर्न नदिएपछि उहाँको प्रतिरक्षा घट्दै गएकाले सङ्क्रमणको डर भएको, रगतमा चिनीको मात्रा अति कम भइ प्रमुख अङ्रुमा जटिल समस्या हुने डर भएको चिकित्सकको प्रतिवेदनले जनाएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरकाे पढाइसहित चिकित्सा क्षेत्रका मागहरु सरकारले पूरा गर्न भन्दै एक हप्तादेखि उहाँ जुम्लामा अनसन बसिरहनु भएको छ ।

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया