जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसी काठमाण्डौ प्रस्थान

 असोज ५, २०७७ सोमबार १७:४६:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी काठमाण्डौ जान जुम्लाबाट नेपालगञ्जबाट पुग्नुभएको छ । डा. केसीले विज्ञप्ति निकालेर काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने निर्णय गरेपछि जुम्लाबाट उहाँ विमानमार्फत नेपालगञ्ज पुग्नुभएको हो ।

डाक्टर केसीकै इच्छानुसार उहाँलाई चिकित्सकको साथमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।  उहाँलाई साेमबार समिट एअरको जहाजमा नेपालगञ्ज पठाइएको नागरिक उड्यन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । 

डा. केसीले सरकारले मागको विषयमा कुनै सम्बाेधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै राज्यले ताेडफोड गरेको आरोप लगाउँदै फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेकाे बताउनुभएको छ । 

यसअघि अनसनस्थल धर्मशालाबाट अस्पताल लगिएपछि डाक्टर केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नुभएको थिएन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया