काेराेनाबाट विश्वभर ज्यान गुमाउनेकाे सङ्ख्या १० लाख नाघ्याे

३ करोड ३३ लाखभन्दा धेरै सङ्क्रमित, २ कराेड ४६ लाखभन्दा धेरै निकाे

 असोज १२, २०७७ सोमबार १४:३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० लाख नाघेको छ ।  

कोरोनाबारे अपडेट दिँदै आएको वर्ल्डाेमिटरका अनुसार अहिलेसम्म तीन करोड ३३ लाख ११ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा विश्वभर दश लाख दुई हजार चार सय जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै दुई करोड ४६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमणपछि निको भएका छन् ।  

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका रहेको छ । अमेरिकामा ७३ लाख २१ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा दुई लाख नौ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४५ लाख ६० हजार चार सयभन्दा धेरै निको भएका छन् । 

अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारत हो । त्यहाँ अहिलेसम्म ६० लाख ७४ हजार सात सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ९५ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ५० लाख १६ हजार पाँच सयभन्दा धेरै निको भएका छन् । 

ब्राजिलमा अहिलेसम्म ४७ लाख ३२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ४१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४० लाख ६० हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । 

रुसमा ११ लाख ५१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २० हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै नौ लाख ४३ हजार दुई सयभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।  

वर्ल्डाे​मिटरका अनुसार अहिलेसम्म विश्वका दुई सय १३ देश र त्यसका क्षेत्रका साथै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया