वाग्मती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना गर्न सकेन

 असोज १४, २०७७ बुधबार ८:४०:४० | हरि हुमागाईं
unn.prixa.net

वाग्मती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना गर्न सकेको छैन । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना हुन नसकेको हो । 

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय कर्मचारीले सहयोग नगर्दा कर्मचारी भर्नामा समस्या भएको हो । प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार नदिदा संघीय सरकारले कर्मचारी भर्ना गरेर प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा समेत कर्मचारी पठाइरहेको छ ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार हुँदा समेत वाग्मती प्रदेश सरकार र पालिकाले दरबन्दी माग नगर्दा लोकसेवा आयोगले कर्मचारी पदपूर्ति गर्न थप समस्या परेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।

सरकारी सेवा र अरु सेवाका कर्मचारीलाई सङ्घ, प्रदेश र पालिकाको सेवामा समायोजन गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न सङ्घीय संसदले कर्मचारी समायोजन ऐन, २०७५ बनाएको र यही ऐनको दफा १२ बमोजिम प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी भित्रका अत्यावश्यक रिक्त पदमा पदपूर्ति गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर पनि प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने अधिकार प्राप्त नभइसकेको उहाँले बताउनुभयो । मन्त्रिपरिषद्को २०७६ जेठ ६ गतेको निर्णय अनुसार प्रदेश लोकसेवा आयोग गठन नभएको अवस्थामा मात्र कर्मचारी भर्ना गर्न पाउने भनिएको छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया