यसपालि टीका थाप्दा विशेष ख्याल गराैँ : स्वास्थ्य मन्त्रालय

 असोज १६, २०७७ शुक्रबार १६:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उहाँहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गर्नुभयो ।

प्रवक्ता गाैतमले दशैँ पर्व अर्को वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा–आमालाई कोरोना लगिदियौँ भने यसले उहाँहरुको ज्यानसमेत जान सक्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उहाँहरुको छेउमा नजान आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधैँ सचेत रहन भन्दै उहाँले दशैँका टीका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न र घरबाहिर गइरहने व्यक्तिले ६० वर्षमाथिका ज्येष्ठ नागरिकबाट टीका नथाप्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया