मकवानपुरमा जीप दुर्घटना, दुई जनाकाे ज्यान गयाे

 असोज १८, २०७७ आइतबार १३:५७:१४ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ काे सिमखोलामा ना १ ज ४१०६ नम्बरकाे जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताउनुभयो ।

प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना पुरुष हुन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो साढे १२ बजेको समयमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।

हेटौँडाबाट काठमाण्डाै जाँदै गरेको जीप उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया