काठमाण्डाैमा ११ सय ७८ सहित उपत्यकामा थप १५ सय ३१ जनामा काेराेना सङ्क्रमण

 असोज १९, २०७७ सोमबार १७:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १५ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार काठमाण्डौमा ११ सय ७८ जना, ललितपुरमा दुई सय ५० जना र भक्तपुरमा एक सय तीन जनामा सङ्क्रमण देखिएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ हजार सात सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा नौ सय ३७ महिला र १५ सय तीन जना पुरुषमा सङ्क्रमण देखिएको हो । 

अब नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया