यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति

 असोज २१, २०७७ बुधबार १०:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ ।

यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।

आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड १९ को सङ्क्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुईवटै निकायले बताएका छन् । यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ ।

घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको इमिरेट न्युज एजेन्सीलाई उदृत गदै गल्फ न्युजले जनाएको छ । परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ । यस्तै प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न पूर्व–प्रवेश परीक्षाको मापदण्ड पालनाको महत्वलाई पनि जोड दिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • shankar budhathoki

    Oct. 22, 2020, 6:16 a.m.

    दुवई जानको लागि कहाँ , कुन म्यानपावरमा सम्पर्क गर्नुपर्छ ? बताइदिनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया