सङ्क्रमित बढेसँगै बेड अभाव सुरु भयो, काठमाण्डौमा धान्न मुश्किल हुन सक्छ : सरकार

 असोज २१, २०७७ बुधबार १६:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै शय्या (बेड) अभाव हुन थालेको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाण्डौ उपत्यकाको भार अत्यधिक भएको बताउनुभयो ।

केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उहाँले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै उहाँले सबैको पहलबाट मात्र यो सङ्कट टार्न सकिने बताउनुभयो ।

अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै प्रवक्ता डा. गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।

सरकारले यसअघि २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकारले धान्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने बताएको थियो । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया