काठमाण्डौमा एक हप्तामा १० हजार बढी सङ्क्रमित थपिए, सार्वजनिक ठाउँमा पिङ नहाल्न आग्रह

 असोज २२, २०७७ बिहिबार १६:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उहाँले बताउनुभयो । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको उहाँले बताउनुभयो ।

बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वरेण्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उहाँले बताउनुभयो । यस्तै उहाँले उपत्यकाका अस्पतालका शय्या लगभग भरिसकेकाले अति आवश्यक नपरि अस्पताल नजान आग्रह गर्नुभयो । समस्या परिहाले टोल फ्री नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३७ तथा ९८५१२५५८३९ सम्पर्क गर्न पनि उहाँको आग्रह छ । 

यसैगरी उहाँले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गर्नुभयो । दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले सङ्क्रमणकाे जाेखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा दुई हजार पाँच सय जनासहित देशभर चार हजार तीन सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया