जुम्लाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन बाँडियाे

 असोज २३, २०७७ शुक्रबार २०:२:१२ | नेत्र शाही
unn.prixa.net

जुम्लामा स्याउको कार्टुन झारिँदै, तस्बिर : नेत्र शाही ।

जुम्ला – जुम्लाका स्याउ किसानलाई सरकारले ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन उपलब्ध गराएको छ । नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन उपलब्ध गराइएको स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गएको भदौ १ गते १८ हजार कार्टुन भित्र्याइएकोमा स्याउ किसानलाई १५ हजार कार्टुन वितरण गरिएको हो । सरकारको सानो सहयोगले किसानलाई स्याउ सुरक्षित राख्न र निर्यात गर्न सजिलो हुने भएकाले यस वर्ष अनुदानका कार्टुनको कार्यक्रम राखिएको उहाँले जोड दिनुभयो । 

अनुदानका स्याउ कार्टुन वितरणको जिम्मा पाएको सोपान प्रेस पाइभेट लिमिटेडका सदस्य राजबहादुर भक्रीले एक सय १० रुपैयाँको कार्टुन ५५ रुपैयाँमा किसानलाई उपलब्ध गराइएको छ । किसानहरुले ५० देखि एक हजारसम्म कार्टुन लिएको भक्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार कार्टुन बिक्री गर्न बाँकी छ ।  

किसानलाई अनुदानमा कार्टुन दिएपछि स्याउ निर्यातमा सजिलो भएको गुठीचौर ४ खल्लाबाडाका किसान देवीराम नेपालीले बताउनुभयो । 

जुम्लामा यस वर्ष आएको कार्टुनमा १० देखि १२ केजीसम्म अट्ने र सजिलो भएको किसानहरुले बताएका छन् । यस वर्ष जुम्लामा स्याउ ५० प्रतिशत कम फलेकाले खासै कार्टुनको अभाव नभएको किसानहरुले बताएका छन् ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया