युराेपमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिँदै, फेरि कडाइ गरिँदै

 असोज २८, २०७७ बुधबार १५:४०:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपका कैयौँ देशमा कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि एक पटक प्रतिबन्धको घोषणा गरिएको छ । 

बेलायतमा सङ्क्रमणको अवस्थालाई हेरेर मध्यम, उच्च र अति उच्च खतरायुक्त तीन हिस्सामा बाँडिएको छ र त्यही अनुसारको प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले अहिले पनि सार्वजनिक ठाउँमा मानिसहरुले कडा रुपमा नियमको पालना नगरेको बताएका छन् । 

चेक गणतन्त्रमा तीन हप्ताको लागि आंशिक लकडाउन लगाइएको छ, जसका कारण विद्यालय, बार र क्लब बन्द राख्नुपर्ने छ । 

युरोपेली देशहरुमा प्रति एक लाख जनसङ्ख्याको हिसाबमा सबैभन्दा धेरै सङ्क्रमण चेक गणराज्यमा देखिइरहेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले लकडाउन खुकुलो भएसँगै मानिसहरु धेरै नै सामान्य हुन थालेको बताउनुभएको छ । 

चेक गणराज्यले गएको मार्च महिनामा निकै हतारमा र कडाइपूर्वक लकडाउन लगाएको थियो । तर गएको जुन महिनामा प्रतिबन्ध खुकुलो बनाइएपछि राजधानी प्रागको चार्ल्स ब्रिजमा सङ्कट समाप्त भएको खुसीयाली मनाइएको थियो । 

नेदरल्याण्डले पनि आउँदो चार हप्ताको लागि आंशिक लकडाउन लगाएको छ । त्यहाँ सार्वजनिक ठाउँमा मास्क लगाउनु अनिवार्य गरिएको छ । 

युरोपका कैयौँ देशका अस्पतालमा बिरामीहरुको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । 

फ्रान्सको राजधानी पेरिसमा सरकारी अस्पतालहरुको सङ्गठनले आउँदो हप्ताको अन्त्यसम्ममा पेरिसका अस्पतालहरुको ९० प्रतिशत शय्या भरिनेछ । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन बुधबार अझै कडा प्रतिबन्धको घोषणा गर्दै हुनुहुन्छ । पेरिसका केही ठाउँमा रातमा कर्फ्यु पनि लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्  । 

जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि स्थिति गम्भीर बनेको बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया