सामान किन्नेको भिड देख्दा अचम्म लागेको छ : स्वास्थ्य मन्त्रालय

 असोज ३०, २०७७ शुक्रबार १७:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाण्डौ उपत्यकालगायत विभिन्न सहरहरुमा आइसोलेशन बेड र आईसीयू पाउन मुस्किल पर्न थालेकोले आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दा उपचारमै कठिनाइ हुन थालेकोले आफूलाई सङ्क्रमण हुनबाट बचाउनु महत्त्वपूर्ण हुने बताउनुभयो ।

६० वर्षमाथिका वृद्धवृद्धा, गर्भवती, दीर्घ रोग भएकाहरु तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई सङ्क्रमण भएमा बढी असर पर्ने भएकोले त्यस्ता व्यक्तिलाई घरबाट बाहिर ननिस्कन उहाँले आग्रह गर्नुभयो । यस्ता व्यक्तिलाई परिवारका अरु सदस्यले पनि सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रवक्ता गौतमले अहिले बजारमा सामान किन्नेहरुको भिड देख्दा अचम्म लागेको र यो क्रमले सरकारलाई चिन्तित बनाएको बताउनुभयो । विभिन्न छुटको नाममा मानिसको भिड बढाउने व्यापारी र यस्तो बेलामा सामान किन्न जाने मानिसहरु कोरोना फैलाउने कारण बनिरहेको भन्दै मन्त्रालयले यो बेला आफूसँग जे छ, त्यसैले काम चलाउन पनि आग्रह गरेको छ ।

प्रवक्ता गाैतमले नजिकिँदो दशैँ पर्व घरका सदस्य मात्रै बसेर मनाउन आग्रह गर्नुभयो । यस्तै टोल छिमेकमा कोही नयाँ व्यक्ति आएमा कम्तीमा सात दिन क्वरेण्टीन अनिवार्य गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया