चन्दननाथ मन्दिरमा ५२ हातका लिङ्गा ठड्याएर मनाइयो घटस्थापना

 कात्तिक १, २०७७ शनिबार १७:१४:३२ | नेत्र शाही
unn.prixa.net

चन्दननाथ मन्दिरको लिंगा ठड्याउन जम्मा भएका सुरक्षाकर्मी र स्थानीय

जुम्ला –जुम्लामा रहेको चन्दननाथ मन्दिरमा परम्परागत धार्मिक चलन अनुसार लिङ्गा ठड्याएर घटस्थापना मनाइएको छ । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामा लिङ्गा र ५२ हाते ध्वजा फेरिएका छन् । 

परम्परा अनुसार नै मन्दिरमा लिङ्गोहरु ठड्याई सकेपछि मात्रै जुम्लाबासीहरुले आ–आफ्नो घरमा घटस्थापना मनाउने चलन छ । लिंगा गाडेर फर्किएपछि मात्रै घरमा जमरा राख्ने चलन रहेको छ । 

कोरोनाले सुरक्षाकर्मीको मात्रै उपस्थिति  ः 

कोरोना सङ्क्रमणका कारण भने गएको वर्षहरु भन्दा खासै मानिसहरुको भीड लागेन । स्थानीय प्रशासनको अनुरोधमा सुरक्षाकर्मी, मन्दिरका पुजारीहरु र समिति मानिसहरुले यस वर्ष मन्दिरमा लिङ्गा गाड्न पुगेका थिए ।

अघिल्ला वर्षहरुमा भिडभाड हुने दिनमा यो वर्ष स्थानीय प्रशासनले कोरोना नफैलिन सुरक्षा अपनाएपछि सिमित मानिहरु रहेका छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले यस मन्दिरको लिंगा फेर्नमा योगदान गरेका छन् । 

हरेक वर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयहरु र सुरक्षाकर्मीहरुको सहयोगमा यी मन्दिरमा लिङ्गा गाड्ने गरिएको छ ।

परापूर्वकाल देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको स्थानीय खस संस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । वि.सं १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रही आएको उहाँले जानकारी दिनुभयो । 

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा हुन्छ । त्यही अनुसार वर्षमा ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजा सहित ५२ हाते लिंगा खडा गरी घटस्थापना गर्ने चलन रहिआएको छ । 

यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पूजा गरिएको छ । समितिका सचिव ताराजंग हमालका अनुसार भौतिक दूरी कायम गर्दै पूजा गरी जमरा राखिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया