राेग प्रतिराेधी क्षमता बढाउन कस्ताे खाने ? यस्ताे छ विज्ञका सुझाव

 कात्तिक २, २०७७ आइतबार १७:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

पछिल्लो समय सङ्क्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

आयुर्वेदिक चिकित्सक डाक्टर ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विषाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नसमेत उहाँले सुझाव दिनुभएको छ । 

त्यस्तै ब्राेइलर कुखुराको मासु धेरै नखानसमेत उहाँले आग्रह गर्नुभएको छ । ब्राेइलर कुखुरामा धेरै एन्टिबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । 

त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उहाँको सुझाव छ । कोकाकोला, फेन्टालगायतका पेय पदार्थको कम प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । दिनको एक दुई वटा कागतीको सेवन गर्ने, पुदिना, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगव्याधी कम गराउने उहाँले बताउनुभयो । 

त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्नसमेत उहाँले सुझाव दिनुभएको छ । सादा खाना खान र शरीरभित्र कुनै पनि प्रकारको भार नपर्ने गरी खानपिन गर्न उहाँको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उहाँले बताउनुभयो ।

त्यस बाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उहाँको भनाइ छ । योग, खानपिन, आयुर्वेदका जडीबुटी र मनोविज्ञानका पक्षहरुमा सबैभन्दा धेरै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

भाइरोलोजिस्ट डाक्टर बाबुराम मरासिनीले दशैँको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । दशैँमा घर नजानभन्दा पनि घर गएपछि

सङ्क्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने उहाँले बताउनुभयो । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिनुभयो । खाना खाँदा दुरी कायम गर्ने, दशैँमा टीका लगाउँदा खुला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।    

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया