सप्तरी : कांग्रेस नेता तथा पूर्व गाविस अध्यक्ष गुप्ताकाे निधन

 कात्तिक ५, २०७७ बुधबार २०:३१:२३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीकाे कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवम्  नेता रामभरोसी गुप्ताको निधन भएको छ ।

सप्तरी जिल्ला क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा कञ्चनपुर रौनियार समितिका अध्यक्षसमेत रहनुभएका गुप्ताको ६५ वर्षको उमेरमा विराटनगरमा रहेको विराट नरसिंह होममा उपचारका क्रममा मङ्गलबार राति ११ बजे निधन भएको हो ।

गुप्ता मधुमेह, मुटु राेग, निमोनिया र किड्नीसम्बन्धी रोगको उपचार गराउँदै आउनुभएको थियो । गुप्ता २०३६ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील भइ आफ्नो राजनैतिक यात्रालाई अगाडि बढाइ सङ्गठनलाई मजबुत बनाउँदै उपाध्यक्षसमेत बन्न सफल हुनुभएकाे थियाे ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरीका सचिव रामकुमार यादव र नेपाली कांग्रेसका क्षेत्रीय सभापति ललनप्रसाद गुप्ताले शोक वक्तव्य जारी गर्दै गुप्ताको निधन भएको खबरले पार्टीलाई क्षति भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया