बर्दियामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो

 कात्तिक ११, २०७७ मंगलबार १८:४०:२२ | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् । बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताउनुभयो ।

मृतक दुई जना साला भेना हुन् । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ ।

बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ । मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया