सप्तरीको सप्तकोशी नगरपालिकाको दुई वडा सिल

 कात्तिक १३, २०७७ बिहिबार १०:४१:२१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १० र ११ सिल गरिएको छ ।

३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आउँदो १८ गतेसम्मका लागि वडा नम्बर १० र ११ सिल गरिएको हो । यो अवधिमा अति-आवश्यक बाहेकका काम पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालका लागि कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।

कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना सङ्क्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चितकालको लागि बन्द भएको हो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया