सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

 कात्तिक १५, २०७७ शनिबार १०:५२:३० | शुभनारायण यादव
unn.prixa.net

 सप्तरी - सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।

भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय  ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी कार्यालय बोदे बरसाइन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका यादवले त्यही ठाउँमा औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

जिल्लाको खडकपुर चौकमा रहेकाे फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाइट्रोभेट ट्याब्लेट, ३५ थान डाइलेक्स डीसी बोतल, ७ थान डाइजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।

लागुऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया