वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल काेराेनामुक्त, अस्पतालबाट डिस्चार्ज

 कात्तिक १६, २०७७ आइतबार १७:२१:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस सङ्क्रमण मुक्त भएपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त हुनुभएको हो । कोरोना रिपोर्ट नेगेटिभ आए पनि अस्पतालमै रहनु भएका पौडेल आज डिस्चार्ज हुनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो ।

कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । पौडेलको कात्तिक ६ मा हेटौंडा– १० मा रहेकाे प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । उहाँ गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया