नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार नाघ्याे

२४ घण्टामा ३ हजार ११४ सङ्क्रमित थपिए, ३ हजार बढी डिस्चार्ज

 कात्तिक १८, २०७७ मंगलबार १७:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाबाट २० जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे कुल सङ्ख्या एक हजार चार पुगेकाे हाे । 

यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६६ जनाकाे नमुना परीक्षण भएकाे हाे । 

त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेकाे छ । 

अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ashish Ganesh

    Nov. 4, 2020, 5:31 p.m.

    भदौको पहिलो सातादेखि नेपाली दाजुभाई दिदीबहिनीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ , यसमा पनि सरकारको ध्यान जावस /

  •  0 Reply

तपाईको प्रतिक्रिया