माइनसमा झर्‍याे जुम्लाको तापक्रम : जनजीवन प्रभावित

 कात्तिक २१, २०७७ शुक्रबार १७:४८:१५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । 

जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार न्यूनतम तापक्रम माइनस १ डिग्रीमा झरेको छ । कार्यालयका अनुसार   अधिकतम  तापक्रम भने २० दशमलव १ डिग्री रहेको छ । 

चिसो बढेपछि मानिसहरु बाक्लो कपडा लगाउने, न्यानो गर्ने, तातोपानीको प्रयोग गर्ने काम शुरु भएको छ । तापक्रम माइनसमा झरेपछि विशेषगरी यहाँको जनजीवन प्रभावित भएको हो । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरुमा रुघाखोकी बढ्न थालेको छ । मौसम फेरिए सँगै रुघाखोकीका बिरामीहरु बढ्न थालेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर मंगल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी के भएको हाे भन्नेमा डर भइरहेको बताउनुभयो । 

एकातर्फ मौसम परिर्वतनको समय र अर्कोतर्फ कोरोना महामारी भएकाले न्यानो कपडा लगाउन, तातोपानी खान, भीँडभाड नगर्न तथा व्यक्ति आफैले जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन पनि डाक्टर रावलले सुझाव दिनुभयो । 

एक हप्ता अघि देखि नै बादल आउने र जाने भइरहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । यसैगरी मेशिनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलारमा तुषारो जम्ने भएपछि टेलिफोन तथा ईन्टरनेटमा समेत समस्या देखिन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले जानकारी दिनुभयो । यसैगरी चिसो बढेसँगै तातोपानीमा नुहाउनेको भीड पनि बढेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया