युक्रेनी राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

 कात्तिक २७, २०७७ बिहिबार १४:३७:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो । 

युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया