कोरोना रोकथामको लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० लम्ब्याउने निर्णय

 कात्तिक २७, २०७७ बिहिबार १७:३५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइएको छ ।

मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै मङ्सिर ३० गतेसम्मका लागि सीमामा लगाइँदै आएको प्रतिबन्धलाई लम्ब्याइएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यसअघि गएको चैत ११ गतेदेखि कात्तिक ३० गतेसम्म सरकारले सीमामा प्रतिबन्ध लगाएको थियो । यस्तै सरकारले आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेको छ ।

गएको २४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुस्तकमा लाग्ने कर हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिनुभयो । किताबमा भन्सार लगाइएको भन्दै स्वदेशी प्रकाशकहरू यसको विरोधसँगै आलोचना गर्दै आएका थिए ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया