यसपालिकाे तिहारमा झण्डै १ अर्ब रुपैयाँको मात्रै भाइमसला आयात

 कात्तिक ३०, २०७७ आइतबार ८:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यसपालिकाे तिहारमा झण्डै १ अर्ब रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।

अघिल्ला वर्षहरूमा झण्डै ६ अर्ब रुपैयाँ बराबरको भाइमसला आएको भए पनि यो वर्ष भने एक अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा भाइमसलाका सामग्रीहरू भारत, चीन, इण्डाेनेसियालगायत देशबाट आयात हुने गर्छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष भाइमसलाको कारोबार र आयात दुवै घटेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यो वर्ष कारोबार पनि आधा नै घटेको छ । भाइमसलामा प्रयोग हुने सामग्रीमध्ये ८५ प्रतिशतभन्दा धेरै विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

विदेशबाट आयात कम भए पनि यो वर्ष भाइमसलाको मूल्य भने घटेको व्यवसायीहरूले बताएका छन् । कोरोना सङ्क्रमणका कारण आयात र कारोबार कम हुँदा पनि भाइमसलाको मूल्य घटेको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया