हिमा गाउँपालिका १ का वडाध्यक्ष शाहीको निधन

 कात्तिक ३०, २०७७ आइतबार १०:५०:२९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – हिमा गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई हप्ताअघि कात्तिक १६ गते घरमै बेहोस भइ मष्तिक्स पक्षघातबाट बिरामी हुनुभएका शाहीको शनिबार राति निधन भएको परिवारले जनाएको छ ।  

कात्तिक १६ गते बेहोस हुनुभएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइ सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । 

चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होसमा नआएपछि परिवारको सल्लाहमा कात्तिक २२ गते उहाँलाई घरमा ल्याइएको थियो । घरमा पनि होस नआएरै शनिबार राति १२ः४५ मा वडाध्यक्ष शाहीको निधन भएको उहाँका भाइ लंकबहादुर शाहीले जानकारी दिनुभएको छ । 

यस्तो छ वडाध्यक्ष शाहीको पृष्ठभूमि ?

पञ्चायतकालदेखि राजनीतिमा होमिनुभएका वडाध्यक्ष शाही विद्यार्थी आन्दोलन हुुँदै नेतृत्वमा स्थापित हुनुभएको थियो । त्यस बेला उपप्रधानसमेत लड्नु भएका शाही २०५८ सालमा माओवादी जनयुद्धमा लागेर युद्धकालीन राजनीति गर्नुभएको थियो ।

तत्कालीन माओवादीको गाजस प्रमुख, माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य हुँदै २०७४ को पालिका चुनावमा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १ का अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा कर्णाली प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्च प्रदेश सदस्यसमेत हुनुहुन्थ्यो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया